सप्तरीमा ट्रककाे ठक्करबाट एक जनाको ज्यान गयो

 मंसिर १६, २०८० शनिबार १५:२४:३० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ४ को कदमाहामा आज शनिवार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ४ का स्थानीय ३५ वर्षीय मो. हारुनको घटना स्थलमै ज्यान गएको हो ।

पूर्वबाट पश्चिमका लागि छुटेको म प्र ०१–००१ ख ०३६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको सप्तरीका प्रहरी प्रवक्ता ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।

ज्यान गएका हारुनको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको तथा ट्रक र चालकलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रवक्ता नेउपानेले  जानकारी दिनुभयो । दुर्घटना पश्चात् आक्रोशित स्थानीयवासी र आफन्तले केहीबेर पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया