असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिन हिजो नेपालले १२ स्वर्ण जितेको छ । पहिलो दिन २९ स्वर्णको टुङ्गो लाग्दा छिमेकी भारतले १५ स्वर्ण तथा श्रीलंका र बंगलादेशले समान एक/एक स्वर्ण जिते ।
नेपाल कराते महासङ्घले गरेको प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंकाको एनओसी टिम, भुटान र पाकिस्तान सहभागी छन् । प्रतियोगितामा १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी छन् । आज सकिने प्रतियोगितामा ६२ स्पर्धाका लागि प्रतिस्पर्धा भैरहेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।