इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल विजयी

 मंसिर १८, २०८० सोमबार ६:१३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल विजयी भएका छन् । चेल्सीले ब्राइटनलाई ३–२ गोल अन्तरले हराएको हो भने लिभरपुलले फुलहमलाई ४–३ गोलले हरायो । लिभरपुल ३१ अङ्कसहित  तालिकाको दोस्रो स्थानमा छ । ३३ अङ्क भएको आर्सनल शीर्ष स्थानमा छ । 

यस्तै, गएराति नै भएका खेलमा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले टोटनहमसँग ३–३ को बराबरी खेलेको छ । सिटीको ३० अङ्क रहेको छ ।  यस्तै, बर्नमाउथ र एस्टोन भिल्लाले २–२ गोलको बराबरी खेल्दा वेष्टह्याम र क्रिस्टल प्यालेसले एक एकको बराबरी गरेका छन् ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया