वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
नवलपरासी – निर्माणधीन कालिगण्डकी करिडोरले गति लिन सकेको छैन । नेपालकै गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको नवलपरासी खण्डमा कामले गति लिन नसकेको हो ।
निर्माणधीन कालीगडकी करिडोर अन्तर्गत नवलपरासीमा १ सय ३२ किलोमिटर भाग पर्दछ । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकादेखि बुलिङ्गटार, डेढगाउँ हुदै पाल्पाको अर्गली–रामपुरसम्मको १ सय ३२ किलोमिटर करिडोरको सडक नवलपरासीमा पर्दछ । कालीगण्डकी करिडोरको बाटो नवलपरासीमा धेरै वर्ष अघिनै खुलीसको छ । तर सडकको स्तर उन्नति भने हुन सकेको छैन ।
गैडाकोट नगरपालिका गडाम्दीका स्थानीय मानबहादुर पुलामीले कालीगण्डकी करिडोरको काम नहुँदा वर्षामा हिलो हिउदमा धुलोले सास्ती भएको उहाँले बताउनु भएको छ । सम्बन्धित निकायसँग पटक – पटक कुरा राखेको भए पनि कुनै प्रगति हुन नसकेको स्थानीयको गुनासो छ । बजेट फ्रिज हुनु, सम्झौता गरेअनुसार काम नगर्नु, बजेट अभाव, जनशक्तिको अभावका कारण भने अनुसारको काम गर्न नसकिएको आयोजनाका प्रमुख नारायण भण्डारीले बताउनुभयो ।
नवलपरासी खण्डमा ५० प्रतिशत काम भएको छ । कतिपय स्थानमा वन क्षेत्र परेकाले बनले रुख काट्न अनुमति निदिँदा पनि लामो समय काम रोकिन पुगेको आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।
कालिगण्डकी करिडोर निर्माण कार्यका क्रममा नवलपरासीमा ८ सय २५ वटा रुख काटिने आयोजनाले जनाएको छ । गैंडाकोट क्षेत्रमा धेरै रुखहरु काटिने छ । आयोजनाका अनुसार अहिलेसम्म साढे ६ सय रुख काटिसकिएको छ । नवलपरासी अन्तरगतको कालीगण्डकी करिडोरमा १२ वटा पक्की पुल बनाउने काम शुरु गरिएको छ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।