अग्रता जाेगाउन नसक्दा वेस्ट ह्यामसँग हार्‍याे टाेटेनहम

 मंसिर २२, २०८० शुक्रबार ८:१०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा टाेटेनहम हट्सपुर वेस्ट ह्यामसँग पराजित भएकाे छ ।

आज शुक्रवार बिहान घरेलु मैदानमा भएकाे खेलमा टाेटेनहम वेस्ट ह्यामसँग २–१ गाेलले पराजित भयाे । टाेटेनहमले पहिलाे अग्रता लिए पनि त्यसलाई जाेगाउन नसक्दा वेस्ट ह्यामसँग पराजित भयाे । खेलकाे ११ औँ मिनेटमा क्रिस्टेन राेमेराेले गाेल गर्दै टाेटेनहमलाई अग्रता दिलाएका थिए । पहिलाे हाफसम्म टाेटेनहमले अग्रता कायमै राखेकाे थियाे ।

तर दाेस्राे हाफकाे ५२ औँ मिनेटमा जराेड बाेविनले गाेल गर्दै वेस्ट ह्यामलाई १–१ काे बराबरीमा ल्याए । त्यसपछि ७४ औँ मिनेटमा जेम्स वार्ड–प्राेसीले गाेल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाए । बाँकी समयमा थप गाेल हुन नसकेपछि वेस्ट ह्याम २–१ गाेलले विजयी भयाे ।

याे जितसँगै वेस्ट ह्याम १५ खेलमा २४ अङ्कसहित तालिकाकाे नवाैँ स्थानमा छ । टाेटेनहम उति नै खेलमा २७ अङ्कसहित पाँचाैँ स्थानमा छ ।

आज बिहान भएकाे अर्काे खेलमा एभर्टनले न्यु क्यासललाई ३–० गाेलले हराएकाे छ । एभर्टनले ३ वटै गाेल दाेस्राे हाफमा गर्‍याे । घरेलु मैदान गाेडिसन पार्कमा भएकाे खेलमा एभर्टनका लागि ड्विच्ट म्याकनेलले ७९ औँ, अब्दाेले डाेकुरले ८६ औँ र बेटाेले इन्ज्युरी समयकाे छैँटाैँ मिनेटमा गाेल गरे ।

याे जितसँगै एभर्टन १५ खेलमा १० अङ्कसहित तालिकाकाे १७ औँ स्थानमा उक्लिएकाे छ । न्यु क्यासल १५ खेलमा २६ अङ्कसहित साताैँ स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया