असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले टस हारेकाे छ । दुबईकाे आईसीसी एकेडेमी ओभल–२ मा टस जितेर पाकिस्तानका कप्तान साद बेगले बलिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङकाे निम्ताे दिएका हुन् ।
यस्ताे छ नेपालकाे टाेली–
देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलकराज भण्डारी, आकाश त्रिपाठी, बिपिन रावल, दिपेश कँडेल, विशाल विक्रम केसी, आकाश चन्द, सुवास भण्डारी, गुल्शन झा र उत्तम रन्जु थापा मगर ।
प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह 'ए' मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह 'बी' मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।
नेपालको १९ वर्षमुनिकाे टोलीको इतिहास हेर्ने हो भने भारत, न्युजिल्यान्डजस्ता टेस्ट टोलीलाई हराएको छ । सन् २०१७ मा नेपालले भारतलाई हराएको थियो । तर अहिलेसम्म नेपाल एसिया कपकाे फाइनलमा पुग्न सकेको छैन ।
नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले भारत र पाकिस्तानसँग खेल्न निकै उत्साहित रहेको बताएका छन् । नेपालले दोस्रो खेल पर्सि आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ ।
मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह 'ए' को विजेता र समूह 'बी' को उपविजेता तथा समूह 'बी' को विजेता र समूह 'ए' को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।
याे प्रतियाेगिताकाे सबै खेलको लाइभ एसीसीकाे युट्युब च्यानलमा हेर्न सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।