शेयर बजार १५ अङ्कले घट्याे, काराेबार रकम ५ महिनायताकै उच्च

 मंसिर २५, २०८० सोमबार १५:३१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजाे आइतवार उच्च अङ्कले बढेर 'सर्किट' लागेकाे शेयर बजार आज साेमवार भने घटेकाे छ । दिनभर उतारचढाव भएकाे शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा १५ दशमलव ४० अङ्कले घटेर १ हजार ९ सय ४८ दशमलव ५७ विन्दुमा झरेकाे छ ।

आज निर्जीवन बीमा, माइक्राेफाइनान्स, उत्पादन तथा प्रशाेधन र म्युचल फन्डबाहेक सबै समूहकाे शेयर घटेकाे छ । आज विकास बैंक, जीवन बीमा, हाेटल तथा पर्यटन, व्यापार, फाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज सबैभन्दा धेरै समता घरेलु लघुवित्तकाे शेयर ७ प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन बाेटलर्स नेपाल, सामुदायिक लघुवित्त र दाेल्ती पावर कम्पनीकाे शेयर भने १० प्रतिशतले बढेकाे छ ।

आज बजार घटे पनि काराेबार रकम भने बढेकाे छ । आज १ कराेड ८६ लाख कित्ता शेयर ४ अर्ब ८४ कराेड रुपैयाँमा काराेबार भयाे । याे काराेबार रकम ५ महिनायताकै उच्च हाे । यसअघि गएकाे असार १७ गते ५ अर्ब १ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । त्यसयता कारोबार रकम ५ अर्ब रुपैयाँ पुग्न सकेको थिएन । सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल लिमिटेडकाे २५ कराेड रुपैयाँकाे शेयर किनबेच भयाे ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया