१९ वर्षमुनिकाे एसिया कप : बङ्ग्लादेशले जापानलाई हरायाे, श्रीलङ्कामाथि यूएईकाे राेमाञ्चक जित

 मंसिर २५, २०८० सोमबार १८:५९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा आज साेमवार भएकाे खेलमा बङ्ग्लादेश र यूएई विजयी भएका छन् ।

दुबईएकाे आईसीसी एकेडेमी मैदान–२ मा भएकाे खेलमा बङ्ग्लादेशले जापानलाई ९ विकेटले हरायाे । जापानकाे दिएकाे १ सय रनकाे सामान्य लक्ष्य बङ्ग्लादेशले ११ ओभर २ बलमा मात्र १ विकेट गुमाएर भेटायाे । बङ्ग्लादेशका अशिकुर रहमान शिब्लीले नट आउट ५५ रन बनाए । बलिङतर्फ जापानका चार्ल्स हिन्जेले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे जापान ४७ ओभर १ बलमा ९९ रनमा अल आउट भयाे । जापानका निहार परमरले सर्वाधिक १८ रन बनाए । बलिङतर्फ बङ्ग्लादेशका महफुजुर रहमान रब्बी र अरिफुल इस्लामले समान २ विकेट लिए । 

याे जितसँगै बङ्ग्लादेश २ खेलमा ४ अङ्कसहित समूह 'बी' काे शीर्ष स्थानमा छ । जापान २ वटै खेलमा पराजित हुँदै तालिकाकाे पुछारमा छ ।

यस्तै आजै भएकाे अर्काे खेलमा यूएईले श्रीलङ्कामाथि २ विकेटकाे राेमाञ्चक जित निकालेकाे छ । श्रीलङ्काले दिएकाे २ सय २१ रनकाे लक्ष्य यूएईले ४८ ओभर २ बलमा ८ विकेट गुमाएर भेटायाे । यूएईका तनिश सुरीले ७५ रन बनाए । बलिङतर्फ श्रीलङ्काका गरुका सन्केथले ३ र विश्व लाहिरुले २ विकेट लिए ।

यसअघि दुबईकाे आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायाे । श्रीलङ्काका दिनुरा कालुपहनाले नट आउट ५६ रन बनाए । यस्तै कप्तान सिनिथ जयवर्देनाले ४९ रन जाेडे । बलिङतर्फ यूएईका ओमिद रेहमान र आयन अफजल खानले समान २ विकेट लिए ।

याे जितसँगै यूएई २ खेलमा २ अङ्कसहित समूह 'बी' काे तेस्राे स्थानमा छ । श्रीलङ्का २ खेलमा उति नै अङ्कसहित नेट रन रेटका आधारमा दाेस्राे स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया