१९ वर्षमुनिकाे एसिया कप क्रिकेटकाे सेमिफाइनल समीकरण पूरा

 मंसिर २७, २०८० बुधबार १८:५५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ । आज बुधवार भएकाे समूह चरणकाे दुई वटा खेलबाट बङ्ग्लादेश र यूएई सेमिफाइनलमा पुगे । याेसँगै अन्तिम चारमा पुग्ने टाेलीकाे टुङ्गाे लागेकाे हाे ।

फाइनल प्रवेशका लागि पहिलाे सेमिफाइनलमा पाकिस्तान र यूएई खेल्ने भएका छन् । पाकिस्तान समूह 'ए' काे विजेता र यूएई समूह 'बी' काे उपविजेता हाे । यस्तै दाेस्राे सेमिफाइनलमा समूह 'ए' काे उपविजेता भारत र समूह 'बी' काे विजेता बङ्ग्लादेश खेल्ने भएका छन् ।

आज दुबईकाे एसीसी एकेडेमीमा भएकाे खेलमा बङ्ग्लादेशले श्रीलङ्कालाई ६ विकेटले हरायाे । श्रीलङ्काले दिएकाे दुई सय रनकाे लक्ष्य बङ्ग्लादेशले ४० ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायाे ।

यस्तै आईसीसी एकेडेमी ग्राउन्ड–२ मा भएकाे खेलमा यूएईले जापानलाई १ सय ७ रनले हरायाे । यूएईले दिएकाे ३ सय २१ रनकाे लक्ष्य पछ्याएकाे  जापानले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय १३ रनमात्र बनाउन सक्याे ।

प्रतियाेगिताकाे सेमिफाइनल खेल आउँदाे शुक्रवार हुनेछ भने फाइनल खेल आउँदाे आइतवार हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया