चौथो टी–२० मा इंग्ल्याण्डले वेस्ट इन्डिजलाई ७५ रनले हरायो : साल्टको शतक

 पुष ४, २०८० बुधबार ९:५७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्ल्यान्डले चौथो टी–२० मा वेस्टइन्डिजलाई ७५ रनले हराएको छ । यो जितसँगै पाँच खेलको शृङ्खला २–२ को बराबरी भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले फिलिप साल्टको शतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ६७ रन बनाएको थियो ।

यो इंग्ल्यान्डले टी–२० मा बनाएको सर्वाधिक ठूलो योगफल पनि हो । साल्टले १ सय १९ तथा कप्तान जस बटलरले ५५ रन बनाए । लियाम लिभिङस्टोन ५४ रनमा अविजित रहे । जितका लागि २ सय ६८ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज १५ ओभर ३ बलमा १ सय ९२ रनमा अलआउट भयो ।

वेस्टइन्डिजका आन्द्रे रसेलले सर्वाधिक ५१ रन बनाए । इंग्ल्यान्डका रिस टोप्लीले ३ विकेट लिए । साम करन र रेहान अहमदले समान दुई विकेट लिए । मोईन अली, क्रिस वोक्स र आदिल राशिदले १/१ विकेट लिए । इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको पाँचौँ तथा अन्तिम खेल पर्सि हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया