मन्त्री ज्वाला नेतृत्वको टोलीले दार्चुला–तिङ्कर सडकको अनुगमन गर्‍याे

 पुस ५, २०८० बिहिबार १९:५६:१४ | ललित सामन्त
unn.prixa.net

दार्चुला – भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नेतृत्वको टोलीले दार्चुला–तिङ्कर सडकको अनुगमन गरेको छ । आज बिहीवार मन्त्री ज्वालासहितको टोलीले सडक आयोजनाको स्थलगत अनुगमन गरेको हो ।

मन्त्री नेतृत्वकाे टाेलीले नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको व्यास गाउँपालिकाको तुसरपानीदेखि तिङ्करसम्म ७९ किलोमिटर सडकको जिरो प्वाइन्टकाे अनुगमन गरेको हो । ७९ किलोमिटरमध्ये अहिलेसम्म १० किलोमिटर सडकको ट्र्याक खोलिएको छ ।

मन्त्री ज्वाला नेतृत्वको टोलीले व्यास गाउँपालिका–१ को छाङरु र तिङ्करकाे हवाई निरीक्षण पनि गरेकाे छ । निरीक्षणका क्रममा मन्त्री ज्वालाले तिङ्कर सडककाे काम चाँडो सक्न नेपाली सेनालाई निर्देशन दिनुभएकाे छ । सडकको राष्ट्रिय महत्त्वलाई ध्यानमा राख्दै आवश्यक बजेटको व्यवस्था मन्त्रालयबाट गरिने उहाँले बताउनुभयाे ।

अनुगमन टोलीमा मन्त्री ज्वालासहित दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडू, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सहसचिव उमेश विन्दु श्रेष्ठ, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका सु. ई. श्यामबहादुर खड्का, नेपाली सेनाका विकास निर्माण निर्देशनालय प्रमुख विकास पोखरेलको सहभागिता थियो ।

हिजाे बुधवार बसेको प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको तुसारपानी–कोठेधार–तिङ्कर सडक खण्डको काम यथाशीघ्र सम्पन्न गर्न आवश्यक बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया