असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले लगातार दाेस्राे जित निकालेकाे छ । काेशीकाे जितमा अप्सरी बेगमले 'अलराउन्ड' प्रदर्शन गरिन् ।
आज शुक्रवार भएकाे खेलमा काेशीले बाग्मती प्रदेशलाई ८ विकेटले हरायाे । बाग्मतीले दिएकाे ८८ रनकाे लक्ष्य काेशीले १८ ओभर १ बलमा भेटायाे । काेशीका लागि काजल श्रेष्ठ र अप्सरी बेगमले समान नट आउट ४१ रन बनाए । बलिङतर्फ बाग्मतीकी संस्कृति फुयाँल र साेनी पाख्रिनले समान १ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायाे । बाग्मतीका लागि यशाेदा विष्टले सर्वाधिक ४१ रन बनाइन् । बलिङतर्फ काेशीकी सबनम राई र अप्सरी बेगमले समान २ विकेट लिए ।
याे जितसँगै काेशी २ खेलमा ४ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । काेशीले पहिलाे खेलमा कर्णाली प्रदेशलाई १० विकेटले हराएकाे थियाे । बाग्मती २ खेलमा २ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।