खाेटाङमा एक घरमा आगलागी हुँदा १५ लाख रुपैयाँभन्दा बढीकाे क्षति

 पुष ९, २०८० सोमबार ११:३०:५५ | रासस
unn.prixa.net

फाइल तस्बिर

खाेटाङ - दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माकाे एक घरमा आगलागी हुँदा १५ लाख रुपैयाँभन्दा बढी क्षति भएको छ । टेम्माका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा उहाँकाे घरसहित सम्पूर्ण सामान जलेर नष्ट भएकाे हाे । 

जस्तापाताले छाएको तीन तले घर, नगद एक लाख ५० हजार रुपैयाँ, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासहित कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्न, काठपातलगायतका सामग्री जलेर नष्ट भएको हाे । 

'घरमा भएका सम्पूर्ण सामग्री जलेर खरानी भयो । ऋण तिर्न भनेर तयार गरेको  एक लाख ५० हजार नगदसमेत जल्यो । अहिले बस्ने बासकै टुङ्गो छैन । हामी त जसरी पनि बस्थिम । सुत्केरी बुहारी र नाबालक नातिको बिचल्ली भयो, उहाँले भन्नुभयो, 'राहतका लागि आज वडा कार्यालय टेम्मा गएर निवेदन दिएको छु । यो बेला सबैले सहयोग गरिदिनुहोला।' 

अहिले आफन्तले दिएको ओढ्ने/ओछ्याउने लिएर मतानमा बास बसिरहेकाे उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया