असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब लगातार छैटाैँ खेलमा विजयी भएकाे छ ।
आज बिहीवार भएकाे खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले हरायाे । एपीएफले दिएकाे १ सय २८ रनकाे लक्ष्य पछ्याएकाे गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमात्र बनाउन सक्याे । गण्डकीका लागि सृष्टि जैसी र सुमन खतिवडाले समान १७ रन बनाए । बलिङतर्फ एपीएफकी नेरी थापाले ४ विकेट लिइन् ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १ सय २७ रन बनायाे । एपीएफका लागि ममता चाैधरीले नट आउट ४० रन बनाइन् । बलिङतर्फ गण्डकीकी ज्याेत्स्निका मरासिनीले २ विकेट लिइन् ।
याे जितसँगै एपीएफ ६ खेलमा १२ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । गण्डकी ६ खेलमा २ अङ्कसहित साताैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।