पाकिस्तानसँगको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जित्यो

 पुष १३, २०८० शुक्रबार १४:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानसँगको तीन खेलको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ । मेलबर्नमा आज सकिएको दोस्रो खेल ७९ रनले जितेसँगै अष्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला नै जितेको हो । अष्ट्रेलियाले दिएको ३ सय १७ रनको लक्ष्य पछ्याएको पाकिस्तान आज चौथो दिन नै २ सय ३७ रन बनाउँदा अलआउट भयो ।

पाकिस्तानका शान मसूदले ६० र अघा सलमानले ५० रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्सले पाँच र मिचेल स्टार्कले चार विकेट लिए । तेस्रो तथा अन्तिम टेष्ट आउँदो जनवरी तीन तारिखमा हुनेछ । 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया