पणेनालाई पाँच नम्बर प्रदेशको पर्यटकीय क्षेत्र बनाउने प्रदेश सांसदको प्रतिबद्धता

 बैशाख २४, २०७५ सोमबार ९:३४:५९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची, वैशाख २४ – अर्घाखाँचीको पाणिनि गाउँपालिकामा पर्ने पाणिनि तपोभूमिको प्रचार–प्रसार गर्ने मन्त्री तथा सांसदहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । 

विश्वको प्राचिन भाषा संस्कृतको व्याकरणको रचना भएको स्थान पाणिनिको तपोभूमि पणेनालाई गुरु योजना बनाएर धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास उनीहरुले बताएका छन् । 

पाणिनि दहमा निर्माण गरिएको शिवको मुर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसदहरुले आझेलमा परेको तपोभूमिको प्रचार–प्रसारमा एक जुट भएर अगाडी बढ्ने बताएका हुन् । 

हजारौँ वर्ष पहिले पाकीस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदमिमा आएका पाण्निि ऋषीले पणेनामा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको किंवदन्ती छ  ।    
    
विश्वकै प्राचीन भाषा उत्पति भएको क्षेत्र भए पनि प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । यस क्षेत्रको प्रचार प्रसारका लागि गुरु योजना बनाएरै लाग्ने प्रदेश पर्यटन मन्त्री लिला गिरीले बताउनुभयो । 

प्रदेश सांसद रामजी प्रसाद घिमिरेल यो क्षेत्रलाई पाँच नम्बर प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय स्थल बनाउन आफूले पहल गर्ने बताउनुभयो । 

कार्यक्रममा प्रदेश सांसदहरु दधिराम न्यौपाने, जाल्पा भुसाल, निर्मला क्षेत्री, पूर्व सांसदहरु नेत्र पन्थी, नजिर मिया, यादव वहादुर रायमाझि, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान), पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमलगायतले पाणिनिको तपोभूमिको विकासमा लाग्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया