नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई

 पुष १४, २०८० शनिबार १७:३६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पर्साको नारायणी रङ्गशाला वीरगञ्जमा भएको फाइनल खेलमा पर्सा ११ लाई १ सय रनले हराउँदै प्रो क्लब च्याम्पियनसिप उपाधि जितेको हो ।

पुलिसले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको पर्सा ११ ओभरमा ४५ बनाएर अल आउट भयो । यसअघि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो ।

आजै तेस्रो स्थानका लागि भएको खेलमा वन्डर्स क्लब नोयडालाई आर्मीले ६ विकेटले हराएको थियो । हिजो भएको पहिलो सेमिफाइनलमा आर्मीलाई पराजित गर्दै पर्सा फाइनलमा प्रवेश गरेको थियो । पुलिस भने भारतीय क्लब वन्डर्स क्लब नोयडालाई पराजित गर्दै फाइनलमा पर्सासँग भेट पक्का गरेको थियो ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया