१० क्विन्टल भन्दा धेरै गाजासहित सप्तरीबाट एकजना पक्राउ

 पुस २१, २०८० शनिबार १६:४८:४५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – दश क्विन्टल भन्दा धेरै गाजासहित सप्तरीबाट विशेष राई पक्राउ परेका छन् । खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुरमा बालुवा लोड गरिएको टिपरभित्र लुकाइरहेको १ हजार ६ किलो गाँजासहित धनकुटाको शहीदभूमी गाउँपालिकाका विशेष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख, प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिनुभयो ।

को १ ख ५८३१ नम्बरको टिप्परमा बालुवा मुनि ठूलो परिमाणको गाँजा रहेको सूचनाका आधारमा प्रहरीले जाँच गरेको थियो । पक्राउ परेका राईको साथबाट एक लाख रुपैयाँसमेत बरामद भएको छ  । राई देखिने पात्र मात्रै भएको र यसमा ठूलो गिरोहको संलग्नता रहेको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया