राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा आज एपीएफ र गण्डकी तथा आर्मी र पुलिस खेल्दै

 पुस २५, २०८० बुधबार ६:२२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा आज दुई वटा खेल हुँदैछन् । बिहान साढे १० बजे हुने पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश खेल्दैछन् । साबिक विजेता समेत रहेको एपीएफ समूह ए को विजेता हो भने गण्डकी समूह बी को उपविजेता हो ।

यसैगरी दिउँसो एक बजे हुने दोस्रो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबसँग खेल्नेछ । आर्मी समूह ‘बी’ को विजेता हो । पुलिस भने समूह ‘ए’ को उपविजेता हो । नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया