राष्ट्रिय भलिबलकाे फाइनलमा एपीएफ र पुलिस खेल्ने

 पुस २५, २०८० बुधबार १४:५३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साविक विजेता सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब र नेपाल पुलिस क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

आज भएकाे पहिलाे सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० काे साेझाे सेटमा हराउँदै एपीएफ फाइनलमा पुगेकाे हाे । एपीएफले पहिलाे सेट २५–२३, दाेस्राे सेट २५–२० र तेस्राे सेट २५–१५ ले हरायाे ।

यस्तै आजै भएकाे दाेस्राे सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा पुगेकाे छ । पुलिसले पहिलाे सेट २५–२१, दाेस्राे सेट २५–२३ र तेस्राे सेट २५–१९ ले हरायाे ।

नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल भाेलि बिहीवार दिउँसाे १ बजे शुरु हुनेछ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया