सन्दीप लामिछानेलाई क्यानले गर्यो निलम्बन

 पुस २६, २०८० बिहिबार ११:२४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले निलम्बन गरेको छ ।

काठमाण्डौ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै हिजो ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले विज्ञप्ति निकालेर जनाएको छ ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध गएको वर्ष भदौमा बलात्कारको उजुरी परेको थियो । बलात्कार आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको हो । यसअघि हिजो नै लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका थिए। 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया