एपीएफलाई हराउँदै पुलिसले जित्याे राष्ट्रिय भलिबलकाे उपाधि

 पुस २६, २०८० बिहिबार १५:१३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साविक विजेता सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताकाे उपाधि जितेकाे छ ।

सुर्खेतकाे वीरेन्द्रनगरमा रहेको खुलामञ्चकाे काेर्टमा आज भएकाे फाइनलमा पुलिसले एपीएफलाई ३–१ काे सेटले हरायाे । एपीएफले पहिलाे सेट २५–२२ ले जिते पनि त्यसपछि लगातार ३ वटा सेट गुमायाे । पुलिसले दाेस्राे सेट २५–१९, तेस्राे सेट २५–१८ र चाैथाे सेट २५–२३ ले गुमायाे ।

उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ । यस्तै उपविजेता एपीएफले ५० हजार रुपैयाँ प्राप्त गरेकाे छ ।

आजै तेस्राे स्थानका लागि भएकाे खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ काे सेटले हरायाे । गण्डकीले पहिलाे सेट २५–२२ ले जित्याे । दाेस्राे सेट आर्मीले २६–२४ ले जित्दै खेल १–१ काे बराबरीमा ल्यायाे । तर त्यसपछिकाे २ सेट जित्दै गण्डकी विजयी भयाे । गण्डकीले तेस्राे सेट २६–२४ र चाैथाे सेट २५–२२ ले जित्याे ।

गएकाे पुस २९ गतेदेखि शुरु भएकाे प्रतियाेगितामा ३ वटा विभागीय टाेलीसँगै ७ वटा प्रदेश गरी १० वटा टाेलीकाे सहभागिता रहेकाे थियाे ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया