बीबीएल खेल्न हेलिकप्टर चढेर मैदानमै पुगे डेभिड वार्नर

 पुस २७, २०८० शुक्रबार १४:३३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाका ब्याटर डेभिड वार्नर बिग बाश लिग (बीबीएल) खेल्न हेलिकप्टर चढेर मैदानमा पुगेका छन् । बीबीएलमा सिड्नी सिक्सर्ससँगकाे खेलका लागि सिड्नी थन्डर्सका खेलाडी वार्नर हेलिकप्टर चढेर सिड्नी क्रिकेट मैदानमा पुगेका हुन् ।

हन्टर भ्यालीमा भाइकाे विवाहमा पुगेका वार्नर खेल शुरु हुनुअघि हेलिकप्टरमा चढेर मैदानमा आइपुगेका हुन् । बीबीएलकाे आधिकारिक पेजले याे भिडियाे 'शेयर' गरेकाे छ ।

वार्नरले टेस्ट र एकदिवसीय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय र टी–२० लिग भने खेल्नेछन् ।

 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया