एसियन कप फुटबल : भारतलाई अष्ट्रेलियाले २ गोलले हरायो

 पुस २८, २०८० शनिबार १९:३०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एएफसी एसियन कप फुटबलमा अष्ट्रेलियाले भारतलाई हराएको छ । कतारको अहमद बिन अली मैदानमा भएको खेलमा अष्ट्रेलियाले भारतलाई २–० गोलले हराएको हो । अष्ट्रेलियाका लागि खेलको ५० औँ मिनेटमा ज्याक्सन इर्भिन र ७३ मिनेटमा जोर्दन बोसले गोल गरे ।

यो सँगै समूह बी मा रहेको अष्ट्रेलियाले तीन अङ्क जोडेको छ । आजै यसै समूहमा रहेका सिरिया र उज्बेकिस्तानले राती सवा ११ बजे खेल्नेछन् । समूह ‘ए’ को चीन र ताजकिस्तानबिच पनि आजै खेल हुनेछ ।

फिफा विश्वकप आयोजना गरेको डेढ वर्षमै कतारले एसियन कपको १८ औँ संस्करण आयोजना गरेको हो । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । २४ देशलाई ६ समूहमा विभाजन गरिएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया