घरजग्गा कारोबार बढ्न थाल्यो, पुसमा साढे ३ अर्ब रुपैयाँ राजस्व उठ्याे

 माघ २, २०८० मंगलबार १६:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारको अस्थिर नीतिका कारण पछिल्लो २ वर्षदेखि कम भएको घरजग्गा कारोबार अब बढ्न थालेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गएको पुसमा घरजग्गा किनबेचबाट सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । मङ्सिरको तुलनामा पुसमा राजस्व सङ्कलन ६५ करोड रुपैयाँले धेरै हो । चालु आर्थिक वर्षमा घरजग्गा किनबेचबाट साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब, असोजमा ४ अर्ब र कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

पुसमा देशभरका मालपोत कार्यालयबाट ४५ हजार २ सय ७७ वटा लिखत पारित भएको छ । मङ्सिरको तुलनामा पुसमा लिखत पारित ३ हजार ४ सय २६ वटाले बढी हो ।

सरकारको कित्ताकाट नीति र जग्गाको वर्गीकरण तथा विभिन्न कानुनी अन्योलका कारण पछिल्लो २ वर्षदेखि घरजग्गा कारोबार खुम्चिँदै आएको थियो । तर अहिले कित्ताकाट खुकुलो र बैंक ब्याजदर निरन्तर घट्दै गएपछि घरजग्गा बजार केही चलायमान बनेको हो ।

सरकारले गएकाे साउनमा कित्ताकाट फुकुवा गर्दै सहज बनाएको थियो । त्यस्तै घरजग्गा कारोबारलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जाको सीमा बढाएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया