जाजरकोट भूकम्प : प्रभावित लाभग्राहीको सङ्ख्या झन्डै ८० हजार पुग्यो, ५५ हजार परिवार अझै त्रिपालमुनि

 माघ ५, २०८० शुक्रबार १५:०:५४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जाजरकोट भूकम्पका प्रभावित लाभग्राहीको सङ्ख्या झन्डै ८० हजार पुगेको छ । पालिकाले थप तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार ५ सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निजी आवास तथा पुनर्निर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो पटक १२ हजारभन्दा धेरै लाभग्राही थपिएका छन् । जाजरकोट भूकम्प प्रभावितकाे अस्थायी आवास निर्माणका लागि ४ अर्ब ७५ लाख रुपैयाँ लाग्ने सरकारी अनुमान रहेकोमा थप रकम चाहिने भएको छ ।

सरकारले लाभग्राहीका लागि अहिलेसम्म २ अर्ब २६ करोड रुपैयाँ निकासा गरेको छ । केन्द्रबाट निकासा गरी पठाएको रकममध्ये आजसम्म जिल्ला विपद् व्यवस्थापन समितिबाट पालिकाको विपद् व्यवस्थापन समितिमा १ अर्ब ९० करोड रुपैयाँ गएको र पालिकाबाट लाभग्राहीको खातामा १ अर्ब २६ करोड रुपैयाँ पुगेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५० हजार लाभग्राहीको खातामा पहिलो किस्ता रकम पुगेको छ । त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भएको पोखरेलले बताउनुभयो । १० हजार घर निर्माणाधीन छन् ।

भूकम्पमा घर भत्किएका ५५ हजारभन्दा धेरै परिवार अझै त्रिपालमुनि बस्न बाध्य छन् । साढे २ महिनादेखि पालमुनि बस्दा चिसोले सताएको पीडितहरू बताउँछन् । जाजरकोट केन्द्रविन्दु भएर गएको कात्तिक १७ गते गएको भूकम्पका कारण १ सय ५७ जनाले ज्यान गुमाएका थिए ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया