शेयर बजार साढे २५ अङ्कले घट्याे, ७ अर्ब ६७ कराेड रुपैयाँकाे काराेबार

 माघ ७, २०८० आइतबार १८:१५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार हप्ताको पहिलो दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ६३ अङ्कले घटेर २ हजार १ सय ३० दशमलव १८ विन्दुमा झरेको छ ।

आज हाइड्रोपावर र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, फाइनान्स, व्यापार, बैंकिङ समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आँखु खोला जलविद्युत् र समाज लघुवित्त संस्थाको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज २ करोड २८ लाख कित्ता शेयर ७ अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ५६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया