प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज बाग्मती र लुम्बिनी तथा एपीएफ र गण्डकी खेल्दै

 माघ १३, २०८० शनिबार ९:२८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदै छन् । आज त्रिवि क्रिकेट मैदानमा बाग्मती प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुँदै छ  । यस्तै मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र गण्डकी प्रदेशबीच खेल हुँदै छ । 

प्रतियोगितामा अहिलेसम्म नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लब आफ्नो ६ खेलमा सबै खेल जितेर १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, बाग्मती प्रदेश ८ खेलमा १० अङ्क सहित दोस्रो स्थानमा छ भने समान अङ्कसहित मधेश प्रदेश तेस्रो स्थानमा रहेको छ ।

त्रिभुवन आर्मी क्लब ६ खेलमा ४ खेल जितेर ८ अङ्क सहित चौथो स्थानमा रहेको छ । अङ्क तालिकामा सुदूरपश्चिम प्रदेश पाँचौँ, एपीएफ क्लब छैटौँ, कर्णाली प्रदेश सातौँ, गण्डकी प्रदेश आठौँ र लुम्बिनी प्रदेश नवौँ स्थानमा रहेका छन् । कोशी प्रदेश भने अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया