आहा रारा पोखरा गोल्डकपमा आजदेखि क्वार्टरफाइनलका खेल हुने

 माघ १३, २०८० शनिबार १०:१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – २३ औँ आहा रारा पोखरा गोल्डकपमा आजदेखि क्वार्टरफाइनलका खेल हुदैछन् । पहिलो क्वार्टरफाइनलमा थ्री स्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुने छ ।

प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–० ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा पुगेको हो । भुटानी क्लब पारो भने बाइ पाएर सीधै क्वार्टरफाइनल पुगेको हो । भुटानी लिग विजेता क्लब पारोको पोखरा गोल्डकपमा पहिलो सहभागिता हो ।

आजको खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ । आज जित्ने टोलीले माघ १७ गते जाउलाखेल र मनाङमर्स्याङ्दीमध्ये एउटासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया