नेपालका स्पिनर सुवास भण्डारीलाई आईसीसीले कारबाही गर्‍याे

 माघ १३, २०८० शनिबार १२:१९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका स्पिनर सुवास भण्डारीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ । दक्षिण अफ्रिकामा जारी १९ वर्षमुनिको विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् । उनलाई आईसीसीले एक डिमेरिट प्वाइन्ट दिएको छ ।

पाकिस्तानविरुद्ध १४औँ ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो । त्यसैलाई कारण देखाउदै आईसीसीको आचार संहिता अनुसार भण्डारी कारबाहीमा परेका हुन् । एक डिमेरिट प्वाइन्ट आउँदो २४ महिनासम्म रेकर्डमा हुनेछ । यदि कुनै खेलाडीको २४ महिनाभित्र चार डिमेरिट प्वाइन्ट भएमा दुई खेलमा प्रतिबन्ध लाग्नेछ ।

यसैबीच, हिजोको खेलमा अफगानिस्तानविरुद्ध ऐतिहासिक जित निकालेर नेपाल आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको सुपर सिक्स’ मा पुगेको छ ।  नेपालले अब भारत र बंगलादेशसँग खेल्नेछ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया