प्रधानमन्त्री कपमा बाग्मतीसँग लुम्बिनी तथा एपीएफसँग गण्डकी पराजित

 माघ १३, २०८० शनिबार १८:१३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बाग्मती र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् ।

बाग्मतीले लुम्बिनीलाई र एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेका हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बाग्मतीले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्यो ।

लुम्बिनीले दिएको एक सय सात रनको लक्ष्य बाग्मतीले १७ ओभर दुई बलमा चार विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनी ३२ ओभर दुई बलमा एक सय ६ रन बनाएर अलआउट भयो ।

नौ मध्ये ६ खेल जितेको बाग्मती तालिकाको दोस्रो स्थानमा छ । यस्तै, ६ मध्य एक खेल जितेको लुम्बिनी तालिकाको नवौँ स्थानमा छ ।

यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकीलाई ८८ रनले पराजित गरेको छ ।

एपीएफले दिएको दुई सय आठ रनको लक्ष्य पछ्याएको गण्डकी ३३ ओभर ४ बलमा एक सय १९ रन बनाएर अलआउट भयो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ७ रन बनाएको थियो । सात खेलमा चार खेल जितेको एपीएफ ६ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । सात खेल नै खेलेको गण्डकी ४ अङ्कसहित आठौँ स्थानमा छ ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया