प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज कर्णाली र आर्मी तथा लुम्बिनी र मधेश खेल्दै

 माघ १४, २०८० आइतबार ९:८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल अहिले सवा नौ बजे शुरु हुनेछ ।

७ खेलमा तीन खेल जितेको कर्णाली तालिकाको सातौँ स्थानमा छ । ६ खेलमा चार खेल जितेको आर्मी चौथो नम्बरमा छ । यस्तै मुलपानी क्रिकेट मैदानमा सवा नौ बजे शुरु हुने खेलमा लुम्बिनी र मधेश प्रदेश खेल्दैछन्।

६ खेलमा एक खेल मात्रै जितेको लुम्बिनी तालिकाको नवौँ स्थानमा छ । आठ मध्ये पाँच खेल जितेको मधेश तेस्रो नम्बरमा छ । प्रतियोगितामा अहिलेसम्म खेलेका ६ वटै खेल जितेको नेपाल पुलिस क्लब पहिलो र नौ मध्ये ६ खेल जितेको बाग्मती दोस्रो स्थानमा छन् । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोली गरी १० टोलीको सहभागीता रहेको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया