वेस्ट इन्डिजले २७ वर्षपछि टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई हरायाे

 माघ १४, २०८० आइतबार १५:१२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वेस्ट इन्डिजले २७ वर्षपछि टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई हराएको छ । ब्रिसबेनमा भएको दोस्रो टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ८ रनले हराएको हो ।

वेस्ट इन्डिजले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २ सय ७ रन बनाउँदा अलआउट भयो । अस्ट्रेलियाका स्टेभिन स्मिथ ९१ रनमा नटआउट रहे । वेस्ट इन्डिजका शमर जोसेफले ७ र अल्जारी जोसेफले २ विकेट लिए । सन् १९९७ पछि पहिलो पटक वेस्ट इन्डिजले अस्ट्रेलियालाई उसकै भूमिमा हराएकाे हाे ।

वेस्ट इन्डिज दाेस्राे इनिङ्समा १ सय ९३ बलमा अल आउट भएकाे थियाे । वेस्ट इन्डिजका किर्क म्याककेन्जीले सर्वाधिक ४१ रन बनाए । अस्ट्रेलियाका जाेश हेजलवूड र नाथन लायनले समान ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले पहिलाे इनिङ्समा ३ सय ११ रन बनाएकाे थियाे । वेस्ट इन्डिजका जाेशुआ डा सिल्भाले ७९ र कभिम हजले ७१ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिए ।

अस्ट्रेलियाले पहिलाे इनिङ्समा ९ विकेट गुमाएर २ सय ८९ रन बनाउँदा इनिङ्स सकिएकाे घाेषणा गरेकाे थियाे । अस्ट्रेलियाका उसमान खवाजाले ७५, एलेक्स केरीले ६५ र कप्तान प्याट कमिन्सले नट आउट ६४ रना बनाए । वेस्ट इन्डिजका अल्जारी जाेसेफले ४ विकेट लिए ।

आजको नतिजासँगै २ खेलको टेस्ट क्रिकेट शृङ्खला १–१ को बराबरीमा सकिएको छ । पहिलाे टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेकाे थियाे ।

यस्तै अस्ट्रेलियाले डे–नाइट टेस्ट क्रिकेट हारेकाे पहिलाे पटक हाे । यसअघि अस्ट्रेलियाले लगातार ११ वटा डे–नाइट टेस्ट क्रिकेट जितेकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया