पहिलाे इनिङ्समा १ सय ९० रनले पछि परेकाे इङ्ग्ल्यान्डले भारतलाई २८ रनले हरायाे

 माघ १४, २०८० आइतबार १८:१५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्ल्यान्डले पहिलाे टेस्ट क्रिकेटमा भारतलाई हराएकाे छ । पहिलाे इनिङ्समा १ सय ९० रनले पछि परेकाे इङ्ग्ल्यान्डले भारतलाई २८ रनले हरायाे । याेसँगै इङ्ग्ल्यान्डले ५ खेलकाे शृङ्खलामा १–० काे अग्रता लिएकाे छ । पहिलाे इनिङ्समा सय रनभन्दा धेरैकाे अग्रता लिएर भारतले हारेकाे याे पहिलाे पटक हाे ।

इङ्ल्यान्डले दिएकाे २ सय ३१ रनकाे लक्ष्य पछ्याएकाे भारत चाैथाे दिनकाे चिया समयपछि २ सय २ रन बनाउँदा अल आउट भयाे । भारतका कप्तान राेहित शर्माले सबैभन्दा धेरै ३९ रन बनाए । इङ्ग्ल्यान्डका टम हार्ट्लीले ७ विकेट लिए ।

इङ्ग्ल्यान्डले दाेस्राे इनिङ्समा ४ सय २० रन बनाएकाे थियाे । इङ्ग्ल्यान्डका अली पाेपले १ सय ९६ रन बनाए । यस्तै बेन डकेट ४७ रन बनाएर आउट भए । भारतका जसप्रीत बुमराहले ४ र रविचन्द्रन अश्विनले ३ विकेट लिए ।

यसअघि हैदराबादमा टस जितेर ब्याटिङ गरेकाे इङ्ग्ल्यान्डले पहिलाे इनिङ्समा २ सय ४६ रन बनाएकाे इङ्ग्ल्यान्डका कप्तान बेन स्टाेक्सले ७० रन बनाए । भारतका रविचन्द्रन अश्विन र रविन्द्र जडेजाले समान ३ विकेट लिए ।

भारतले पहिलाे इनिङ्समा ४ सय ३६ रन बनाएकाे थियाे । भारतका ३ जना खेलाडीले अर्धशतक बनाए । भारतका रविन्द्र जडेजाले ८७, केएल राहुलले ८६ र यशस्वी जयसवालले ८० रन बनाए । इङ्ग्ल्यान्डका जाेए रुटले ४ विकेट लिए ।

भारत र इङ्ग्ल्यान्डबीचकाे दाेस्राे टेस्ट फेब्रुअरी २ देखि विसाखापटनममा शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया