प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र मधेस विजयी

 माघ १४, २०८० आइतबार १८:४८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश विजयी भएका छन् ।

कीर्तिपुरमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय ६४ रनको फराकिलो अन्तरले हरायो । आर्मीले दिएको २ सय ८० रनको लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा १ सय १५ रन बनाउँदा अल आउट भयो । कर्णालीका हिमांशु शाहीले सबैभन्दा धेरै १९ रन बनाए । आर्मीका विवेक यादव र कुशल मल्लले समान ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ७९ रन बनायो । आर्मीका कप्तान विनोद भण्डारीले शतक बनाए । यस्तै बसिर अहमदले ९८ रन बनाए । मधेसका दीपेन्द्र रावतले २ विकेट लिए ।

विनोद र बसिरले छैटौँ विकेटका लागि अविजित १ सय ६९ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि सन् २०१९ मा नेपाल पुलिस क्लबका दिलिप नाथ र कुशल भुर्तेलले छैटौँ विकेटका लागि १ सय ३९ रनको साझेदारी गरेका थिए । यस्तै विनोद प्रधानमन्त्री कपमा ३ वटा शतक बनाउने तेस्रो खेलाडी बनेका छन् । यो संस्करणमा विनोदको यो दोस्रो शतक हो । आर्मी १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । कर्णाली ६ अङ्कसहित सातौँ स्थानमा छ ।

यस्तै अर्काे खेलमा मधेसले लुम्बिनी प्रदेशलाई ९ रनले ले हरायो । मधेसले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४० ओभर ५ बलमा १ सय ६० रन बनाउँदा अल आउट भयो । लुम्बिनीका प्रज्ज्वल थापाले सबैभन्दा धेरै ६२ रन बनाए । मधेसका प्रदीप पासवानले ६ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मधेस ४१ ओभर ३ बलमा १ सय ६९ रनमा अल आउट भयो । मधेसका अरनिको यादवले ३८, पवन सर्राफ र अभिषेक तिवारीले समान २६ रन बनाए । लुम्बिनीका वीर मगरले ४ र अभिषेक गौतमले ३ विकेट लिए । मधेस १० अङ्कसहित चौथो स्थानमा छ । लुम्बिनी २ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया