एसियन कप फुटबलमा अस्ट्रेलिया र ताजिकिस्तान क्वाटरफाइनलमा

 माघ १५, २०८० सोमबार ६:४५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी एसियन कप फुटबलमा अस्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

हिजो भएको पहिलो प्रि–क्वाटरफाइनलमा इन्डोनेसियालाई ४–० गोलको अन्तरले हराउँदै अस्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको हो । अस्ट्रेलियाले अब क्वाटरफाइनलमा साउदी अरेबिया र दक्षिण कोरियाबीचको खेलको विजेतासँग खेल्नेछ ।

कतारमा जारी प्रतियोगितामा गएराति भएको अर्को प्रि–क्वाटरफाइनलमा ताजिकिस्तानले  यूएईलाई हराएको छ । शुरुमा १–१ गोलको बराबरी भएको खेलमा पेनाल्टीमा ताजकिस्तानले  यूएईलाई ५–३ ले हराएको हो ।

यो नकआउट चरणको खेल भएकाले हार्ने टोली प्रतियोगिताबाट बाहिरिएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया