पुलिस प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्यो

 माघ १५, २०८० सोमबार १५:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो । लगातार सातौँ जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । 

आज गण्डकी प्रदेशले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४ ओभर दुई बलमा चार विकेट गुमाएर भेटायो । पुलिसको लागि दीलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए ।

गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८ ओभर तीन बलमा एक सय ७० रनमा अल आउट भएको थियो ।

गण्डकीका अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । पुलिसका राशिद खानले ५ विकेट लिए । पुलिस ७ खेलमा १४ अङ्कका साथ शीर्षस्थानमा छ । पुलिसले दोस्रो स्थानमा रहने टोलीसँग फाइनल खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया