मनाङ मर्स्याङ्दीलाई हराउँदै जाउलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा

 माघ १५, २०८० सोमबार १८:३२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै जाउलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा जाउलाखेलले मनाङलाई पेनाल्टी सुटआउटमा हरायो ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि गोल नभएपछि भएको पेनाल्टी सुटआउटमा जाउलाखेल विजयी भएको हो ।

थ्रि स्टार र सङ्कटा क्लब यसअघि नै अन्तिम चारमा पुगिसकेका छन् । भोलि हुने चर्च ब्वाइज र एपीएफबीचको खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको पनि टुङ्गाे लाग्नेछ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया