प्रधानमन्त्री कप क्रिकेट : एपीएफले सुदूरपश्चिमलाई हरायाे, लगातार ८ हारपछि काेशीकाे पहिलाे जित

 माघ १६, २०८० मंगलबार १८:३२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेश विजयी भएका छन् ।

मूलपानीमा आज भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हरायो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १४ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । एपीएफका सन्दीप जोराले नट आउट १८ रन बनाए । सुदूरपश्चिमका दीपक चन्दले ४ र नरेन साउदले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम १६ ओभर २ बलमा ८७ रनमा अल आउट भयो । सुदूरपश्चिमका नारायण जोशीले नट आउट ३१ रन बनाए । एपीएफका चन्दन रामले ५, भुवन कार्कीले ३ र कप्तान रोहित पौडेलले २ विकेट लिए । यो जितसँगै एपीएफले ८ खेलमा १० अङ्क जोडेको छ । सुदूरपश्चिमको उति नै खेलमा ८ अङ्क छ ।

यस्तै कीर्तिपुरमा भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हरायो । कोशीले लगातार ८ हारपछि पहिलो जित हात पारेको हो । कोशीले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६ ओभर ५ बलमा १ सय ५६ रनमा अल आउट भयो । लुम्बिनीका दिलसाद अलीले ३२ रन बनाए । कोशीका सौजन घिमिरेले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशी ४४ ओभर ४ बलमा १ सय ७२ रनमा अल आउट भयो । कोशीका कप्तान अङ्कित सुवेदीले ४९, सौजन घिमिरेले ४३ रन बनाए । लुम्बिनीका नर सार्कीले ४ विकेट लिए । समान २ अङ्कसहित लुम्बिनी नवौँ र कोशी पुछारमा छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया