एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा

 माघ १७, २०८० बुधबार ६:३७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

कतारमा गएराति भएको खेलमा थाइल्याण्डलाई २–१ गाेलले हराउँदै उज्वेकिस्तान क्वाटरफाइनलमा पुगेको हो ।

यस्तै, हिजोको अर्को खेलमा साउदी अरेबियालाई पेनाल्टीमा ४–२ ले हराएर दक्षिण कोरिया क्वाटरफाइनलमा पुगेको छ ।

निर्धारित ९० मिनेटको खेल १–१ गाेलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

दक्षिण कोरियाले अब क्वाटरफाइनलमा अष्ट्रेलियासँग खेल्ने छ । एसियन कपमा आज क्वाटरफाइनल अघिका दुई वटा खेल हुँदैछन् । आज बहराइन र जापान  तथा इरान र सिरिया खेल्ने तालिका छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया