प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनी खेल्दै

 माघ १७, २०८० बुधबार ९:५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज त्रिवि मैदान कीर्तिपुरमा एपीएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुँदैछ ।

त्यस्तै, मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश खेल्दैछन् । दुवै खेल सवा नौ बजेदेखि शुरु हुनेछ । प्रतियोगितामा नेपाल पुलिस क्लब ७ खेलमा सबै खेल जितेर १४ अङ्कसहित शीर्ष स्थानमा छ । पुलिस फाइनलमा पुगिसकेको छ ।

त्यस्तै, त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ जितकासाथ १२ अङ्कसहित दोस्रो स्थानमा छ । नौ खेलमा समान १२ अङ्क रहेका बाग्मती र मधेश क्रमशः  तेस्रो र चौथो स्थानमा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया