जावलाखेललाई हराउँदै थ्री स्टार क्लब पाेखरा गोल्ड कपको फाइनलमा

 माघ १७, २०८० बुधबार १८:१९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – थ्री स्टार क्लब पोखरामा चलिरहेको २३ औँ संस्करणको आहा रारा पाेखरा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई १–० गोलले हरायो । थ्री स्टारका लागि ७८ औँ मिनेटमा दिपेश घलेले गोल गरे ।

थ्री स्टारले अब उपाधिका लागि भोलि हुने चर्च ब्वाइज र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया