नेपालले दियाे बङ्ग्लादेशलाई १ सय ७० रनकाे लक्ष्य

 माघ १७, २०८० बुधबार १७:३४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा नेपालले बङ्ग्लादेशलाई १ सय ७० रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९ ओभर ५ बलमा १ सय ६९ रनमा अल आउट भयो । नेपालका विशाल विक्रम केसीले सर्वाधिक सबैभन्दा धेरै ४८ रन बनाए । यस्तै कप्तान देव खनाल ३५, सुवास भण्डारीले नट आउट १८, अर्जुन कुमालले १४ रन जोडे । नेपालले ३१ रन अतिरिक्तमार्फत पायो । बङ्ग्लादेशका रोहानत बोरसनले ४ विकेट लिए ।

'सुपर सिक्स' को अर्को खेलमा नेपालले पर्सि शुक्रवार भारतसँग खेल्नेछ । तर 'सुपर सिक्स' का खेलअघि नै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । 'सुपर सिक्स' मा हिजो भएको खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो ।

'सुपर सिक्स' को समूह 'ए' मा भारत र पाकिस्तानको समान ६/६ अङ्क भएको छ । समूह' 'ए बाट यी दुई टोली नै सेमिफाइनलमा पुग्ने सम्भावना छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया