प्रधामन्त्री कप क्रिकेट : कर्णालीले एपीएफलाई हरायाे, पुलिसकाे लगातार आठाैँ जित

 माघ १७, २०८० बुधबार १८:१०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

कीर्तिपुरमा भएको खेलमा कर्णालीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१ रनले हरायो । कर्णालीले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । एपीएफका आसिफ शेखले शतक बनाए पनि जित पर्याप्त भएन । आसिफ १ सय १२ बलमा १ सय ८ रन बनाएर आउट भए । कर्णालीका प्रकाश जैशीले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कर्णाली ४४ ओभर १ बलमा २ सय ६ रनमा अल आउट भयो । कर्णालीका हिमांशु शाही र अर्जुन घर्तीले अर्धशतक बनाए । हिमांशु ६२ र अर्जुन ५३ रन बनाएर आउट भए । एपीएफका मौसम ढकालले ३ विकेट लिए । यो जितसँगै कर्णालीले ८ अङ्क जोडेको छ । एपीएफको १० अङ्क छ ।

यस्तै मूलपानीमा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई १ सय ३ रनले हरायो । पुलिसले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३६ ओभर ३ बलमा १ सय ४२ रनमा अल आउट भयो । लुम्बिनीका दिलसाद अलीले ३६ रन बनाए । पुलिसका कुशल भुर्तेलले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पुलिस ३७ ओभर ३ बलमा २ सय ४५ रनमा अल आउट भयो । पुलिसका कप्तान आरिफ शेखले ७६, करण केसीले ५७, कुशल भुर्तेलले ४८ रन बनाए । लुम्बिनीका नर सार्कीले ४, वीर मगरले ३ विकेट लिए । लगातार ८ खेल जितेको पुलिसले १६ अङ्क जोडेको छ । लुम्बिनीको २ अङ्क छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया