प्रधानमन्त्री कप क्रिकेटमा आज पुलिस र सुदूरपश्चिम तथा आर्मी र गण्डकी खेल्दै

 माघ १८, २०८० बिहिबार ८:४९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । आज त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ । मूलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल अहिले सवा ९ बजे शुरु हुने छ ।

जारी प्रतियोगितामा पुलिस आठ खेलबाट १६ अङ्क जोड्दै फाइनलमा प्रवेश गरिसकेको छ । आठ खेलबाट ८ अङ्क जोडेर छैटौँ स्थानमा रहेको सुदूरपश्चिम भने फाइनल प्रवेशको सम्भावनाबाट बाहिरिइसकेको छ । यस्तै आठ खेलबाट १२ अङ्क जोडेको आर्मी आजको खेलमा गण्डकी प्रदेशलाई हराउँदै १४ अङ्कसहित फाइनल प्रवेश गर्ने लक्ष्यमा छ ।

आर्मी, बाग्मती र मधेश समान १२ अङ्कसहित दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । आठ खेलबाट ४ अङ्क जोडेर अङ्क तालिकाको आठौँ स्थानमा रहेको गण्डकीले भने आजको खेल जिते पनि आठौँ स्थानमै रहनेछ । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया