गण्डकीलाई ६४ रनमा अल आउट गर्दै आर्मी प्रधानमन्त्री कप क्रिकेटकाे फाइनलमा

 माघ १८, २०८० बिहिबार १५:८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएकाे खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै आर्मी उपाधि नजिकै पुगेको हो ।

आर्मीले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी २३ ओभर ४ बलमा ६४ रनमै अलआउट भयो । गण्डकीका लागि ईश्वर क्षेत्रीले १६ र करण पङ्गेनीले १५ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । आर्मीका शहाब आलमले ४ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे आर्मी ३९ ओभर १ बलमा १ सय ३२ रन बनाउँदा अल आउट भयाे । आर्मीका इमराख शेखले ३४ र साेमपाल कामीले २३ रन बनाए । गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले समान २ विकेट लिए ।

आर्मीले अब फाइनलमा शनिवार नेपाल पुलिस क्लबसँग खेल्नेछ । गण्डकीले ४ अङ्कसहित आठौँ स्थानमा रहेर यात्रा टुङ्ग्याएकाे छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया