दीपेन्द्रले ७ विकेट लिएपछि पुलिसले सुदूरपश्चिमलाई सहजै हरायाे

 माघ १८, २०८० बिहिबार १६:३५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएकाे छ । मूलपानीमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमलाई ७८ रनले हरायो ।

पुलिसले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३७ ओभर १ बलमा १ सय २० रनमा अल आउट भयो । सुदूरपश्चिमका गजेन्द्र बोहराले सबैभन्दा धेरै ३० रन बनाए । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ७ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पुलिस ४७ ओभर ५ बलमा १ सय ९८ रन बनाउँदा अल आउट भयो । पुलिसका शङ्कर रानाले ४६ र दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले ३ विकेट लिए ।

प्रतियोगितामा पुलिसको यो लगातार नवौँ जित हो । पुलिस यसअघि नै फाइनलमा पुगिसकेको छ । सुदूरपश्चिमले ८ अङ्क जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया