चर्च ब्वाइजलाई हराउँदै आर्मी पाेखरा गाेल्ड कपकाे फाइनलमा

 माघ १८, २०८० बिहिबार १८:३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – त्रिभुवन आर्मी क्लब २३ औँ आहा रारा पाेखरा गाेल्ड कप फुटबलकाे फाइनलमा पुगेकाे छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको ९ मिनेटमा राशबहादुर मगरले गोल गरेर आर्मीलाई फाइनलमा पुर्‍याए ।

यसअघि खेलको ६१ औँ दिनेश हेन्जनले गाेल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ८५ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए । 

आर्मीले अब उपाधिका लागि पर्सि शनिवार थ्री स्टार क्लबसँग खेल्नेछ । जावलाखेललाई १–० ले हराउँदै थ्री स्टार क्लब यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया