१९ वर्षमुनिको विश्वकप क्रिकेटको सुपर सिक्समा भारतसँग नेपालको फराकिलो हार

 माघ २०, २०८० शनिबार ६:२०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा भएको सुपर सिक्स खेलमा नेपालले भारतसँग फराकिलो हार ब्यहोरेको हो ।

भारतले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए । आकाश चन्द १८ रनमा र दुर्गेश गुप्ता २९ रनमा अविजित रहे ।

भारतका सौमी पाण्डेले सर्वाधिक ४ विकेट लिए । यस्तै अर्शिन कुलकर्नीले २ तथा राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिषेकले समान एक/एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो ।

भारतका सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय पारी खेले । यस्तै कप्तान सहरानले पनि शतक बनाए । नेपालका गुलशन झाले ३ र आकाश चन्दले एक विकेट लिए । नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग हारेको थियो । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हारेको नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया