एसियन कप फुटबलमा दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा

 माघ २०, २०८० शनिबार ६:२७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा पुगेका छन् । हिजो भएको खेलमा दक्षिण कोरियाले अष्ट्रेलियालाई २–१ गोलले र जोर्डनले ताजकिस्तानलाई १–० गोलले हरायो । दक्षिण कोरियासँगको खेलमा अष्ट्रेलिया अतिरिक्त समयमा १० खेलाडीमा समेटिएको थियो ।

खेलको पहिलो हाफमा अष्ट्रेलियाले गुडविनको गोलमा अग्रता बनाएको थियो । तर दक्षिण कोरियाले खेलको इन्जुरी समयमा पेनाल्टी पायो । ह्वांग हि–चानले पेनाल्टीमा गोल गरेपछि खेल बराबरी भयो । अतिरिक्त समयमा कप्तान सन ह्यूङ मिनले फ्रिकिकमा गोल गरेपछि दक्षिण कोरिया विजयी भयो ।

दक्षिण कोरियाले अब सेमिफाइनलमा जोर्डनसँग खेल्नेछ । जोर्डन इतिहासमा पहिलो पटक एसियन कपको सेमिफाइनलमा पुगेको हो । जोर्डनले खेलको ६६ औँ मिनेटमा उपहारमा पाएको गोल नै जितका लागि पर्याप्त भयो ।

कर्नर किक क्लियर गर्ने क्रममा ताजकिस्तानका भाखदात खानोनोभले बल आफ्नै पोष्टमा पुर्याएका थिए । क्वाटरफाइनलमा आज बेलुका सवा ५ बजे इरान र जापान तथा राति सवा ९ बजे कतार र उज्बेकिस्तान खेल्दैछन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया